Booking Sansar Alexa Certification

बिजय लुईटेल :

शायरी नाइटस्मा कविता भन्न जुर्नु भन्दा केही दिन अघिको कुरो हो , मलाई एक हिसाबले मेरो लेखन प्रतिनै निराशा जाग्न थालेको थियो । कयौ अनलाइन साइटमा कविता , अनि अरू लेख पठाएको थिएँ , तर छापिने केही सुरसारनै थिएन । कति पल्ट सर मैले इमेल पठाएको छु, हेरिदिनुहोला भनेर कल पनि गरे , हुन्छ भाइ् भनेर, कसैले पनि रिप्लाई गर्नुभएन । त्यही दौरान एउटा लेख लेख्न फुरेको थियो, लेखमा मसँग मैले बिभिन्न छापाखानाको इमेलमा पठाएको मेरा रचना मसँग कुरा गर्दै थिएँ ।

लेखको सुरूवात यस प्रकारको थियो ः कयौँ छापाखानाका इमेलमा कुनै मृतझै सुस्ताइरहेका मेरा केही रचनाहरू मसँग प्रश्न गर्छन् ।
ए स्वार्थी मानिस आफ्नो सानो इच्छा पुरा गर्न मलाई किन यो मरूस्थलमा पठाइस ? यहाँ शुन्यता छ , मेरो हालखबर कसैले सोध्दैन । तैले मलाई जस्तो पठाएको थिइस् म त्यही अवस्थमा छु । मलाई यहाँ यातना पाएको महशुस भइरहेको छ । आफुले जन्माए भन्दैमा मलाई मार्ने अधिकार तँलाई छैन । मलाई मान्छेले हेर्न चाँहदैनन् ? कि म कुरूप छु, हेर्नै नहुने ?

https://youtu.be/opSj-8M8-Hk

मेरा रचनाले मसँग यस्ता प्रश्न मलाई लाग्न थालेको थियो कि म लेख्न जान्दिन, खासै सुनिहाल्नु पर्ने कुरा मेरा लेखमा छैनन् । तर केही मात्रामा आफुभित्र अझै सिक्नु छ , अझै जान्नु छ, अझ प्रयास पुगेको छैन भन्ने भाव पैदा गरेको थियो लेख नछापिनाले । त्यसैले मैले त्यो लेख पुरा लेख्नै सकिन । मनमा आशाको केही अंश छँदा छँदै मान्छेले निराशा लेख्न नसक्ने रहेछ ।

त्यही सानो आशा अनि आफ्ना रचनालाई कतै सुनाउँने चाहनाले भेटाएको थियो बुकिङ संसारको शायरी नाइटस्लाई । नेपालमा कमेडी सर्कल अनि गायनलाई धेरै वाहवाही मिलिरहँदा साहित्यलाई भनेँ ठाँउ मिलिरहेको थिएन, कतै गएर कविता सुनौ न त भन्ने मन हुँदा हुँदै पनि साहित्य प्रेमी घर बस्न बाध्य थिए र भनौँ अझै छन् । नेपाली साहित्य प्रेमीको त्यो घर नबस्ने इच्छालाई पुरा गर्ने जमर्कौ गर्ने बुकिङ संसारलाई म धेरै धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ म जस्ता धेरै मान्छे छन् जो आफ्ना रचना सुनाउँन अनि अरूका रचना सुन्नलाई भोकाएका छन् । आशा गर्छु आउँने दिनहरूमा पनि बुकिङ संसारले त्यो भोक मेटाउँने प्रयास गरिरहोस , साथ साथै नेपाली साहित्यलाई युटुब जस्तो डिजिटल प्लाटफर्मबाट संसारभरी पुर्याउने कार्यलाई पुरा इमानदारीका साथ निभाइरहोस ।

 

No Comments

Leave a Reply